काठमाडौं, साउन ११
जसपा आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बस्नुभएको छ । उहाँले महाभारतको युद्दको प्रसंग जोड्दै महन्थ ठाकुर भिष्म पितामहको संज्ञा दिएर आफू दुवै पक्षमा नलागेको बताउनुभयो ।
चौधरीले आफ्नो नैतिकताले पक्ष विपक्षमा सनाखत गर्न नदिएको बताउनुभयो । उहाँले आफ्नो पक्ष र विपक्ष दुवै जसपा भएको बताउनुभयो । ‘आज जेलबाट आएर आएर पक्ष विपक्षमा सनाखत गर्न नैतिकताले दिएन,’ उहाँले भन्नुभयो, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’
आयोगबाट निस्किदै गर्दा चौधरीले नबोल्ने मान्छेले न्याय नपाउने रहेछ भन्दै आफ्नो रिहाइका लागि आग्रह गर्नुभयो । हात जोड्दै उहाँले भन्नुभयो,‘न्याय न्याय न्याय।’ कैलालीको टीकापुर हत्याकाण्डको मु्ख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। जेलमा रहेका उनलाई जसपाको विवाद निरुपणमा मत दिन गृह मन्त्रालयले अनुमति दिएको हो ।













प्रतिक्रिया दिनुहोस्