जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १६:२०

महेश बस्नेतले दिए खगेन्द्र संगैलाले सफेद झुटो बोलेको प्रमाण


काठमाडौं, साउन ११ । एमाले नेता महेश बस्नेतले खगेन्द्र संग्रौलाले सफेद झुटो बोलेको तथ्य खोल्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले खगेन्द्र संग्रौला बाजेले आफ्नो प्रचारका लागि अर्को गफ दिएको बताउनु भएको छ । ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने, थर्काउने मेरो शैली होइन,’ बस्नेतले भन्नुभएको छ ।

यस्तो छ महेशको जवाफ

खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।

म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने, थर्काउने मेरो शैली होइन । जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवश्यक नै छ।

युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतन संग सत्रुता साँध्ने शक्तिवाहेक कोही त्रसित हुन अनवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला।