जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार ११:५२

मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, प्रधानमन्त्री भेटेर फर्किए प्रचण्ड, देउवा बुढानिलकण्ठमा


काठमाडौं, साउन १२

मन्त्रिपरिषद विस्तारलगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । जसपा आधिकारिकता विवाद सकिएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको र लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लाग्नुभएको छ ।

पार्टीमा सरकार विस्तारका बारेमा छलफल हुने भएको छ । यसअघि देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेको भन्दै कांग्रेसभित्रै अशन्तुष्टी छ । यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल, उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।