काठमाडौं, साउन १३ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो प्राथमिकता एमाले नभई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन नै रहेको प्रष्ट पार्नुभएको छ । आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार यस्तो घोषणा गर्नुभएको हो ।
‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ,’ नेपालको भनाई थियो । उहाँले एमालेमा फर्केर आफ्नो हैसियत कायम नहरने भन्दै देउवा सरकारमा मन्त्री लिएर जाने निर्णय पनि सुनाउनु भएको बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिनुभयो । नेपालले जो जो जाने हो जानुस म जान्न भनेपछि सवै चकित परेका छन । नेता नेपालले भीम रावलको नामै लिएर केपीको अध्यक्ष खान जाने भए जानेस, म त जान्न भन्नुभएको ती नेताको भनाई छ । ‘तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृत कमरेड, मुकुन्द कमरेड यहीँ हुनुहुन्छ । भीम रावल जाने भए पनि जानुस, अरु जो जो गए पनि हुन्छ, म चाँहि जान्न,’ बैठकमा मावधको भनाई थियो ।
बैठकमा माधवले पाँच दलीय गठबन्धनबाट अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि आफूहरुलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने केपीको योजना रहेकोले जानै नहुने अडान पनि राख्नुभएको छ । स्रोतका अनुसार माधवले एकताको पक्षमा उभिनु भएका उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्यतिर चोर औला ठड्याउँदै माधवले धम्की दिनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्