जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १०:१६

देउवा सरकारको अर्काे चमत्कार, योजना आयोगमा पनि आरजुको ब्यापारिक साझेदार


काठमाडौं, साउन १३ । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियूक्त हुनुभएका शेरबहादुर देउवा दिन प्रतिदिन विवादमा मुछिदै जानुभएको छ । पत्नी आर्जु राणाका व्यावसायीक ‘पार्टनर’लाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरी विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को विवादास्पद निर्णय गर्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकबाट उहाँले योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरी विवादको अर्को चरण सुरु गर्नुभएको हो। पौडेल पनि आर्जुका अर्का व्यावसायीक ‘पार्टनर’ हुनुहुन्छ । उहाँ आर्जुको लगानी रहेको भनिएको ललितपुर खुमलटारस्थित युलेन्स स्कुलका संस्थापक (ट्रष्टी) हुनुहुन्छ ।

नेपाली कांग्रेस पार्टीले उपाध्यक्षमा डा. शंकर शर्मालाई नियुक्त गर्नका लागि देउवालाई प्रस्ताव गरेको थियो। तर, पार्टीको प्रस्तावलाई नकार्दै देउवाले आर्जुका पार्टनर पौडेललाई महत्वपूर्ण निकायमा उपाध्यक्षको जिम्मेवारी दिएपछि पार्टी भित्रैबाट उहाँको चर्को आलोचना सुरु भएको छ । यसअघि स्वास्थ्य राजयमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका कारण उहाँको आलोचना तिव्र छ। श्रेष्ठलाई बर्खास्त गर्न माग गरी डा. गोविन्द केसीले देउवालाई पत्र पठाएकै दिन अर्को विवादास्पद नियुक्ति गरिएको हो।

प्रधानमन्त्रीमा नियूक्त भएको महिना दिन नपुग्दै आफ्नै पाटी र सत्तारुढ गठबन्धनबाट तिव्र आलोचना का सिकार बन्न पुग्नुभएका देउवाको विगतको छवि पनि त्यति राम्रो नभएकै कारण यसपटक पनि उहाको कार्यशैली हेर्दा उस्तै रहेको नेपाली काँग्रेसका एक नेताले बताउनुभयो । उहाँ भन्नु हुन्छ उहाँले श्रीमतिको बोली काट्नै सक्नु हुदैन त्यसैले यो गठबन्धन पनि अव को २/३ महिनामै छिन्नभिन्न हुन सक्छ ।