जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १५:१६

बिदेशी मालिकको आदेशमा नेपालबिरुद्ध ठूलै षडयन्त्र भइरहेको युवराज संग्रौलाको खुलासा, को हुन ती गद्धार ?


काठमाडौं, साउन १३ । कानूनविद तथा बुद्धिजीवि डा. युवराज संग्रौलाले सत्तारुढ गठबन्धनले आफ्नो बाटो नबदले यात्राको नै अन्त हुने घोषणा गर्नुभएको छ । राष्ट्रवादी छविमा अटल रहनुभएका कानूनका ज्ञाता संग्रौलाले ट्वीटमार्फत सत्तारुढ गठबन्धनको नाम नलिई यस्तो सुझाव दिनुभएको हो ।

‘यदि तपाईले हिडांइको दिशा बदल्नु भएन भने मान्नुहोस तपाईंको यात्राको अन्त भयो,’ संग्रौलले भन्नुभएको छ । उहाँको यो संकेत सत्तारुढ गठबन्धनमा रहेका एमालेका माधवकुमार नेपाललाई समेत लक्षित रहेको छ । नेपाल एमालेमै रहेर सत्तारुढ गठबन्धनको बैठकमा आफै सहभागी हुने र कहिले प्रतिनिधि पठाउने गर्दै आउनुभएको छ । संग्रौलाले यही तथ्य उजागर गर्दै उहाँको नाम नलिई सुझाव दिनुभएको छ ।
संग्रौलाले अर्काे पनि ट्वीट गर्दै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको छ । दलहरुले आफ्नो बाटो नबदले नागरिकले अव स्वीकारु नगर्ने भन्दै संग्रौलालेअ र्काे ट्वीट गर्नुभएको हो ।

आफ्नो धर्म मान, आफ्नो संस्कृति मान र नेपालीलाई नेपाली हुन देऊ, कसैको स्वार्थ बोकेर गरीबलाई बेकुफ नबनाऊ । तिम्रा घर छन बिदेशमा हामीलाई थाह छ, तिम्रा मालिक छन, बिदेशमा त्यो पनि थाह छ । नेपाली गरीबको यो घरमा फेरि आगो झोस्ने काम नगर

‘नेपालको राजनीतिले सत्ता बाहेक जनता कहिले पनि देखेन। देशको बिकासको ब्लुप्रीन्ट र १० बर्षमा नेपाल कस्तो बनाउने हो भन्ने ठोस खाका बेगरको राजनीतिलाई अब नागरिकले स्विकार्दैन,’ संग्रौलाको भनाई छ । उहाँले फेसबुकमार्फत पनि निकै कडा धारणा राख्नुभएको छ । फेसबुकमा भने संग्रौलाले संग्रौलाले बिदेसमा घर रहेकाहरु नेपालमा सामाजिक सदभाव बिथोल्ने षडयन्त्रमा लागेको भन्दै आक्रोश पोख्नुभएको छ । ‘आफ्नो धर्म मान, आफ्नो संस्कृति मान र नेपालीलाई नेपाली हुन देऊ, कसैको स्वार्थ बोकेर गरीबलाई बेकुफ नबनाऊ । तिम्रा घर छन बिदेशमा हामीलाई थाह छ, तिम्रा मालिक छन बिदेशमा त्यो पनि थाह छ । नेपाली गरीबको यो घरमा फेरि आगो झोस्ने काम नगर,’ संग्रौलाले भन्नुभएको छ ।

यस्तो छ फेसबुकमा आक्रोश

संभ्रान्त, बिदेशीको सेवा गरेर बोसो लागेका र यो देशलाई दिसा पिसाब गर्ने थलो बनाउने, युगौंयुग गरीबका छालामा आसन बनाएकाहरुलाई राजनीति भनेको उनीहरुको अस्त्र हो आफ्नो स्वार्थ पूरा गर्ने ।

१. यो देशको इतिहास यहाँका जनताले बनाएको इतिहास हो । तेसैले जनतालाई समृद्ध र मालिक बनाउनेबाहेक कुनै बाद, कुनै हिम्मत, कुनै तन्त्र, कुन्नै खेल गर्ने प्रयास नगर ।

२. जनतालाई चाहिएको उनीहरुको बिकास समृद्ध जीवन हो, देश बिभाजीत गर्ने कसैको खेल होइन ।

३. यो नेवार, लिम्बू, राई, मगर, गुरुङ्ग, बाहुन, कस्तरी, दिलित, चेपाङ, राउटे र माहिला पुरुष सबैको हो । बिदेशीका गुफामा भोज खानेहरुको होइन ।

४. आफ्नो धर्म मान, आफ्नो संस्कृति मान र नेपालीलाई नेपाली हुन देऊ, कसैको स्वार्थ बोकेर गरीबलाई बेकुफ नबनाऊ । तिम्रा घर छन बिदेशमा हामीलाई थाह छ, तिम्रा मालिक छन, बिदेशमा त्यो पनि थाह छ । नेपाली गरीबको यो घरमा फेरि आगो झोस्ने काम नगर ।

मित्रहरु जो देशलाई माया गर्छ, उस्ले जनतालाई मालिक बनाउन सोच्नु पर्छ । जुन देशमा जनता मालिक छ्न त्यो देशमात्र बाँच्छ। रोमन सम्राट बलिया थियो तर किन रोमन साम्राज्य बाँचेन ? कनिकी रोमन जनता मालिक हुन सकेनन । यो देशलाई ठग्ने छेपरा, बांदर, हुचिल, स्याल नेपाली अनुहारमा थुप्रै छन । होस गरौं ।