जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १५:१७

प्रदेश १ को नामाकरण टुंग्याउने गृहकार्यमा मुख्यमन्त्री राई, दलका नेतासँग थाले छलफल


बिराटनगर, साउन १४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणको लागि गृहकार्य अघि बढाउनु भएको छ । मुख्यमन्त्री राईले नामाकरणको बिषयमा सवै दलहरुसँग छलफल अघि बढाउनु भएको छ ।

मुख्यमन्त्री सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नुभएको हो । मुख्यमन्त्री राईले चालु अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउन छलफल शुरू गर्नुभएको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरूसँग छलफल गर्दै राईले सहमतिमै नामाकरण गरिने बताउनु भएको छ । मुख्यमन्त्री राईको आश्वासनपछि सवै दलका नेताहरूले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर नामाकरण प्रस्ताव गर्ने बताउनु भएको छ । सात प्रदेशमध्य प्रदेश १ र प्रदेश २ ले हालसम्म नामाकरणको टुंगो लगाउन सकेका छैनन ।