जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार ०७:१४

बागमतीसहित चार प्रदेशमा भारी बर्षाको संभावना, यस्तो छ आजको मौसम


काठमाडौं, साउन १५ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले दिएको जानकारीअनुसार हाल मौसम देशभर सामान्य बदली छ भने प्रदेश १, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।