जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १०:५९

एमाले मुख्यालय थापाथलीमा आज खीर खाने कार्यक्रम, यस्तो छ समय तालिका


काठमाडौं, साउन १५ । नेकपा एमालेले आज केन्द्रीय कार्यालय थापाथलीमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ । आज दिउसो केन्द्रीय कार्यालयमा नेपाली किसानहरुको खीर खाने दिनको सम्मानमा यस्तो कार्यक्रम आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आज साउन १५ मा खीर खाने प्रचलन रही आएको छ । एमालेले किसानहरुको खीर खाने दिनको निरन्तरताका लागि आज दिउसो २ देखि ३ बजेसम्म केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको तामाङले बताउनु भयो ।