काठमाडौं, साउन १५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज छापावाल सुन प्रतितोला पाँच सय बृद्धि भई ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार। ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा प्रतितोला १५ रुपैयाँ बृद्धि भएको हो ।













प्रतिक्रिया दिनुहोस्