काठमाडौ, साउन १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले आज दिउसो ३ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा तीन एजेण्डा तय गरिएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरण र बितरणलगायतका विषय छलफलका एजेन्डा रहेका छन ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको हो ।













प्रतिक्रिया दिनुहोस्