जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १२:१०

एमालेको विघटित कार्यदल पुनः सक्रिय, स्थायी कमिटी बैठकअघि विवाद मिलाउने प्रयाश


काठमाडौं, साउन १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विघटित विवाद समाधान कार्यदल पुनः सक्रिय भएको छ । एमालेले वारपारका लागि भन्दै बोलाएको स्थायी कमिटी बैठकअघि कार्यदलका नेताहरु बिवाद समाधानका लागि जुटनुभएको हो । सिंहदरवारस्थित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा कार्यदल सदस्यहरुको बैठक बसेको हो ।

बैठकमा बिवाद समाधानका लागि ठोश छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद लामो समयसम्म राख्न नहुने भन्दै आजको स्थायी कमिटी बैठकअघि समाधान गर्न नेताहरुलाई निर्देशन दिनुभएको थियो । अध्यक्षको निर्देशन र स्थायी कमिटी बैठक आह्वान भएपछि कार्यदलका सदस्यहरु पुनः सक्रिय हुनुभएको हो ।