काठमाडौं, साउन १६ । एमाले नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको घोषणा गर्नुभएको छ । को एमालेको विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफलपछि नेम्वाङले यस्तो घोषणा गर्नुभएको हो ।
‘हामीले निक गम्भीर ढंगबाट छलफल गरेका छौं, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका उपनेता नेम्वाङले बैठकपछि बाहिरिने क्रममा भन्नुभयो । यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ । झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष दिनुभएन ।
उपनेता नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको भन्दै कुनै पक्ष नरहेको घोषणा गरेर हिडनुभयो । एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिनुभयो । ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यौं,’ बिष्टले भन्नुभयो । उहाँका अनुसार आजको छलफलमा ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको प्रसँगलाई मुख्य आधार बनाएर छलफल गरिएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्