दोलखा, साउन १६ । दोलखाको चरिकोटमा रहेको वागतमी प्रदेश स्तरीय चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । चरिकोट अस्पताललाई गुड नेइवरस अन्र्तराष्ट्रिय (Good Neighbors International)संस्थाले करिव एक करोड मुल्य वरावरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो । संस्थाले अस्पतालमा विरामीहरुको लागि अति आवश्यक रहेको भेन्टीलेटर २ थान र ३ थाप आइसियू वेड सहयोग गरेको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तथा भिमेश्वर नगरपालिकाको नगर प्रमुख भरत बहादुर केसीले जानकारी दिनुभयो । संस्थाले उपलब्ध गराएको आइसियू ३ वेडको ५२ लाख र भेन्टीलेटर दुईटाको करिव ४५ लाख मुल्य वरावरको रहेको गुड नेइवर अन्र्तराष्ट्रिय (Good Neighbors International) संस्थाका इश्वरमान श्रेष्ठले बताउनु भयो । उक्त संस्थाको सहयोग तथा समाज कल्यान परिषदको समन्वयमा दोलखा आइपुगेको स्वास्थ्य सामग्री आज एक कार्यक्रमका विच पुर्व संचार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर केसीलाई हस्ताणतरण गर्नु भएको छ । जिल्लामा आइसियू तथा भेन्टीलेटर नहुँदा विरामीहरुलाई तत्काल उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लानुपर्ने वाध्यता रहेको थियो । हिमाली जिल्ला दोलखामा आइसियू तथा भेन्टीलेटरमा राख्नुपर्ने विरामीहरुलाई ति उपकरणहरुको अभावले तत्काल रिफर गर्नु पर्ने वाध्यता रहेकोमा संस्थाले सहयोग गरेको उक्त भेन्टीलेटर र आइसियू अत्यन्त उपयोगी हुने चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद डंगोलले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्