काठमाडौं, साउन १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवाद अझै मिल्न सकेको छैन । पार्टी एकताका लागि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई बाधक मानिएको छ ।यो बीचमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न छाड्नुपर्ने बताउनुभएको छ । थापाले ट्विटरमा लेख्नुभएको छ , ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँ ? कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे , अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा–प्रचण्डकै सहयोगी बन्न दिऔँ,नरोकौं ,,’














प्रतिक्रिया दिनुहोस्