जनता टाइम्स

१ असार २०७६, आईतवार १५:३१

दाङमा आगलागी, १५ लाखको क्षति


घोराही, असार १

दाङको घोराही–१, चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट १४ लाख ४४ हजार रुपैयाँबराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

त्यस्तै, दाङको बबई गाउँपालिका–३, हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका ३ बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।