काठमाडौं, साउन १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेको बैठक केहीबेर अघि सुरू भएको हो ।
बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी हुनुभएको छ । आजको बैठकले संगठित सदस्यता नविकरण, बितरणलगायतका तीन एजेण्डा रहेको छ । आजको बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित हुने नेताहरुले बताएका छन ।
यही एजेण्डासहित शनिबार बसेको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो । आजको बैठकमा माधव नेपाल समूहमा रहनुभएका नेताहरूको प्रस्तावको बिषयमा समेत छलफल हुने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्