काठमाडौं, साउन १७ । नेकपा एमालेको भातृ संगठन युवा संघले दार्चुला घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेको छ । यसअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको र केही नेपाली हराइरहेको भन्दै उक्त घटनाको विरोधमा आज संघले प्रदर्शन गरेको हो । नयाँ बानेश्वरमा भएको प्रदर्शनमा सरकारविरोधी नारा लगाउनुका साथै गृहमन्त्रीको राजीनामा माग गरिएको थियो ।

त्यस्तै संघले गरेको प्रदर्शनमा घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न माग गरिएको थियो । शुक्रबार बिहान ८ः३० बजे दार्चुलाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनमार्फत् भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट खोला तर्दै गर्दा खसेर जयसिंह धामीको मृत्यु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्