ओलीले मोदीका सामु लम्पसार परेर हात जोड्दै हजुरहरुले भनेझैँ संविधान संशोधन गर्छु भन्नु पथ्र्यो ? बर्सौदेखि म बनाउँछु र मै बनाउँछु भन्दै हुलाकी राजमार्ग नबनाई अलपत्र पार्ने भारतीय सरकारलाई हटाएर आफैँ बनाउन थालेर हिजोका दिनसम्ममा ८० प्रतिशत सडक निर्माण गर्नु ओलीको अपराध हो ? विराटनगरस्थित भारतीय सैन्य क्याम्प ओलीको कुटनीतिक क्षमताका आधारमा हटाउँदा प्रदीप गिरीको टाउको दुखेको हो ? नेपालको संविधान जारी नगर्न एस जयशंकरमार्फत भारतीय सरकारको प्रचण्ड दवावलाई अटेर गरेर संविधान जारी नभएको भए नेपाली नेताको र देशको अवस्था अहिले कस्तो हुन्थ्यो ? गिरीको गिदीले अलिकति पनि सोच्न सक्छ ? १४० वटा तुइनमध्ये १२५ तुइन विस्थापित भए तर भारतीय शासक र कतिपय प्राविधिक कारणबाट केही तुइन विस्थापित हुन नसकेको जटिल अवस्थालाई अनदेखा गरेर एकाध तुइन देखाएर फेक मिडियावाजीमा रमाउन गिरीलाई सुहाउँछ ?
प्रा.डा.बद्रीविशाल पोखरेल
वार्ताका क्रममा कम्युनिष्ट पार्टीको स्थापना नै कांग्रेसको विरोध गर्नका लागि हो भन्ने प्रदीप गिरीले राजनीति सुरु गर्दा ताका कांग्रेस पार्टीमा आवद्ध भएका पुष्पलाल नेका नेताहरुको चरम हैकमवादी र हेपाहा ब्यवहारबाट वाक्क दिक्क भएर कम्युनिष्ट विचारतिर उन्मुख हुनुभएको थाहा हुन्छ । त्यसैगरी पुष्पलाल नेका जस्तो नेता प्रधान पार्टी परित्याग गरी नीति प्रधान पार्टी कम्युनिष्ट पार्टीको स्थापना गर्न लाग्नुभएको हो भन्ने स्पष्ट हुन्छ तर नेका पार्टीलाई सत्तोसराप गर्न कम्युनिष्ट पार्टी खोलेको होइन भन्ने यत्ति कुरा गिरीले सदा सम्झिनु पर्छ । कम्युनिष्ट पार्टीहरुसित कुनै सिद्धान्त विचार नै छैन भनेर फलाको गर्ने गिरी जनताको बहुदलीय जनवादलाई वाइयात भनेर बौद्धिक चरिद्रता प्रदर्शन गर्दै थिए । यतिसम्म गिरेर कुनै एमाले वा कम्युनिष्टले नेकाको विरोध गरेको यस लेखकले आजसम्म सुनेको छैन । १३ जना मानिसलाई जिउँदै इटाभट्टाको चिम्नीमा जलाउने आफताव आलमलाई सच्चा, सही र मानवतावादी कांग्रेस मान्ने गिरीले नेकाजस्तै एमाले पार्टी नभएकोमा एमालेको उग्र र अराजक रुपमा विरोध गरेको हो भने केही भन्नु छैन । वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई समेत पार्टी आवद्धताको पृष्ठभूमिलाई उधिनेर कम्युनिष्ट भएर महँगा गाडी, घोडा चढ्ने र सुख सयलमा रमाउने जस्ता तुच्छ टिप्पणी गिरी गर्दै थिए । यसरी टिप्पणी नै गर्ने हो भने पूर्वराष्ट्रपतिका कैयौँ कमजोरी छन तर गणतन्त्रविरुद्ध गणतन्त्रवादी नै लागेर प्राप्त उपलब्धिप्रति चरम वितृष्णा जगाउने काम बुद्धि भएका जीवले नगर्लान ।
एमालेलगायत कम्युनिष्टलाई भारतको विरोध मात्र गर्न जन्मिएका भन्ने गिरीको अति सामान्य ज्ञान पनि कमजोर भएको देख्दा दया लाग्यो । के नेका पार्टी सभापति शेरबहादुर देउवा वा गिरी आफैँसहितका कांग्रेसी नेतालेझैँ ओलीले भारत प्रायोजित अत्यन्त अमानवीय नाकाबन्दीलाई नाकाबन्दी भन्नु हुँदैन थियो ? देउवाले झैँ ओलीले मोदीका सामु लम्पसार परेर हात जोड्दै हजुरहरुले भनेझैँ संविधान संशोधन गर्छु भन्नु पथ्र्यो ? बर्सौदेखि म बनाउँछु र मै बनाउँछु भन्दै हुलाकी राजमार्ग नबनाई अलपत्र पार्ने भारतीय सरकारलाई हटाएर आफैँ बनाउन थालेर हिजोका दिनसम्ममा ८० प्रतिशत सडक निर्माण गर्नु ओलीको अपराध हो ? विराटनगरस्थित भारतीय सैन्य क्याम्प ओलीको कुटनीतिक क्षमताका आधारमा हटाउँदा प्रदीप गिरीको टाउको दुखेको हो ? नेपालको संविधान जारी नगर्न एस जयशंकरमार्फत भारतीय सरकारको प्रचण्ड दवावलाई अटेर गरेर संविधान जारी नभएको भए नेपाली नेताको र देशको अवस्था अहिले कस्तो हुन्थ्यो ? गिरीको गिदीले अलिकति पनि सोच्न सक्छ ? १४० वटा तुइनमध्ये १२५ तुइन विस्थापित भए तर भारतीय शासक र कतिपय प्राविधिक कारणबाट केही तुइन विस्थापित हुन नसकेको जटिल अवस्थालाई अनदेखा गरेर एकाध तुइन देखाएर फेक मिडियावाजीमा रमाउन गिरीलाई सुहाउँछ ? सुप्रसिद्ध, देशभक्त लेखक तथा विश्लेषक सौरभले यिनै गिरी र डा. सुन्दरमणि दीक्षित, प्रा.कृष्ण खनाल, श्याम श्रेष्ठ जस्ता अत्यन्त कमजोर बौद्धिकमाथि व्यङ्ग्य गर्नु भएको थियो । सौरभका अनुसार नेपालमा कुनै दूरदर्शी दृष्टिकोण भएका बुद्धिजीवीहरु नै छैनन, उनका अनुसार नेपालमा ९९. ९५ प्रतिशत बुद्धिजीवी बुद्धिहीन छन ।
राजनीति भनेको काम लिने कला हो भन्दै काम सर्यो भाँडो आफल तेरो ठाँडो भनेझैँ प्रदीप गिरी नेपाल दाहालको खूब तारिफ गर्दै थिए । आफ्नै घरमा आगो सल्काएर खरानीमा रमाई नेकाको पुच्छर भएका देशद्रोही माधव नेपालको आरती उतार्ने गिरीको नेपालबारेको भोलिको बोली यस लेखकलाई राम्ररी थाहा छ । छँदाखाँदाको सुन्दर र सुखी घरबार बिगारेर पोइल वा जोइल गएको जोई वा पोईलाई कसले कतिदिन पत्याउँला र ? यसको मतलव नेपाललाई सकेसम्म फकाइ फुल्याई उपयोग गर्ने र आखिरमा गलहत्याउने स्पष्ट विचार गिरीले राख्तै थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई छियाछिया पारेको भन्ने गिरी जनादेशविपरीत राष्ट्रपतिको एउटा मात्र सही सत्य तथ्यका आधारमा गरिने स्वविवेकीय अधिकारलाई समेत अदालतले अमर्यादित रुपमा ठाडो हस्तक्षेपसहित चुनौति दिने निर्दलीय चरित्रको फैसालालाईसही छाप लगाउँदै थिए । संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङले भनेझैँ नेका पार्टीलगायतलाई ह्वीप लाग्ने तर एमालेलाई ह्वीप नलाग्ने जस्तो गोरु ब्याउने फैसलाको कन्दनी कसेर प्रदीप गिरी समर्थन गर्दै थिए तर भोलि त्यो कन्दनी खुस्केपछि गिरी के भन्लान ? हेर्नुछ एक माघले जाडो जाँदैन ।अदालतको परमादेशबाट निर्मित टिके प्रधानमन्त्रीको समर्थनमा गिरी सम्पूर्ण शक्ति लगाउँदै थिए । सौरभले यो संसारमा अहिले र पछि पनि कसैले कहिल्यै पनि गर्न नसक्ने उत्तर छिमेकी चीनसित ओली सरकारले पारवहन तथा वाणिज्य सन्धी गरेको बताउनु भएको छ । यत्ति कुरा त अध्ययनशील भनिएका गिरीले सुनेकै हुनुपर्ने हो । गिरी राष्ट्रपतिलाई समेत बारबार लाञ्छित गर्न मजा मान्दा रहेछन । उनले अन्तर्वार्ताका क्रममा राष्ट्रपतिले देउवाको आफू प्रधानमन्त्री बन्ने विश्वसनीय आधार भनेर प्रस्तुत प्रतिनिधि सभाका सदस्यहरुको दोहोरो नामनामेसी र सही भएको जाली कागजलाई स्वीकृत नगरेकामा चरम असन्तुष्टि व्यक्त गरेको देखियो । ओली र देउवा दुुवैका दोहोरो दावीमा दोहोरो नाम देखेपछि राष्ट्रपतिको स्वविवेकले दुवै दावी बदर गरेको स्पष्ट हुन्छ । अझ ओलीले देउवाले भन्दा पहिले प्रस्तुत गरेको दाबी सही हुनुपथ्र्यो र त्यसैका आधारमा प्रधानमन्त्री चयन गर्नुपथ्र्यो । यो कुरा कुनै एमालेजन पनि बोल्दैनन । योचाहिँ अचम्म देखिन्छ ।
संवैधानिक प्रक्रिया अनुसार ओलीले काम गर्दा मेरो नागरिक अधिकार खोस्न सक्नुहुन्छ भनेर पाखुरा सुर्कने गिरीउपर दया मात्र गर्न सकिन्छ । कहाँको कुरा कहाँ लगेर जोडेको छ र सामान्य कर्यकर्तालाई उत्तेजित र अराजक बनाउने काम गिरी जत्तिको नेतालाई सुहाउँछ ? तर सुहाउँदो रहेछ । विजय गच्छदार र खुमबहादुर खड्काप्रति गौरवबोध गर्ने गिरीले विरोधी पार्टी र त्यसमा पनि कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई गाली गर्नु त धर्मै भयो । कसैको टोक्ने धर्म हुन्छ, कसैको आफैँलाई टोक्नेलाई बचाउने धर्म हुन्छ । गिरी आफ्नो पार्टीले पाएको मतलाई बहुमत वा लोकतन्त्र भन्दा रहेछन तर एमालेले पाएको बहुमत चाहिँ लोकतन्त्र होइन, दलतन्त्र, संख्यातन्त्र भनेर मिडियाबाजी गर्न रुचाउँदा रहेछन । गिरीको पार्टी वा दलचाहिँ दलीय, एमाले पार्टीचाहिँ दलतन्त्र भन्ने गिरी जस्ता भाष्यकार भएपछि कांग्रेस उँधो लाग्न बेला लाग्दैन । संविधानको मर्म र भावना विपरीत भएपनि नितान्त पार्टीगत स्वार्थअनुसार फैसला गर्ने सर्वोच्च अदालतलाई र यस्ता पुनीत कार्यमा अपूर्व सहयोगी नेपाल र दाहाललाई धन्यवाद दिने गिरीलाई आगामी संगीन सन्निकट अवस्थाको बोध हुनुपर्ने हो ।
लोकतन्त्र भनेको बहुमतको शासन होइन भन्ने गिरीसित अब तर्कले काम गर्दैन । प्रदेशलाई प्रहरी अधिकार दिन हतारिने गिरीको चाहना के हो ? कहिले नेपाललाई भारतले लिइदिए हुन्छ भन्ने, कहिले सकेको दिन भारतले नेपाललाई सिक्किम बनाइदिन्छ भन्ने गिरी नेपाली हुन कि भारतीय ? उनी आफैँ बोलून र मुख खोलून ।ओलीले केही गरेनन भन्ने गिरीले धरहरातिर हेर्दै नहेर्नु र नचढ्नू, रानी पोखरीतिर नजर नलागाउनू, मेलम्चीको पानी नपिउनु, विस्थापित तुइन चढेर ओहोरदोहोर नगर्नु र अब विजुलीबाट खाना नाना सबै थोक हुनेवाला छ, त्यो पनि नगर्नु । अनि सदा घुर तापेर र धुनी जगाएरै बस्नु र बाचुन्जेल ओलीलाई सरापिरहनु ।
एमालेलाई यस्तै विरोधी हुँदा पनि बेफाइदा छैन । तर अलि लुर, बल र तागत भएको पार्टी भए प्रतिस्पर्धा गर्न मजा आउँछ । लड्नै परेपछि लुरा ल्याङ्ग्रा पार्टीसित के लडनु ? पूर्व पाँच वा पञ्च प्रधानमन्त्रीहरु त एक्लो ओलीसित भिड्दा लखतरान परे । चुच्चे नक्सालाई नक्सास्त्र भन्ने गिरीलाई नेकाका देशभक्त युवा नेता डा. चन्द्र भण्डारी र एनपी साउदले राम्ररी पढाउनु पर्ने देखियो । भण्डारीले नेका र एमाले दुवै पार्टीमा भारतीय राजदूतावासबाट महँगो भत्ता खाएर नेपालविरुद्ध लागिपर्ने धेरै नेता छन भनेका थिए । अब यसको राम्ररी खोजी गर्ने दिन आयो । गिरी नेका पार्टीलाई सच्याउने र सुधार्ने भन्दा विकृति र विसङ्गतिको खाडलमा हाल्न उद्यत देखिन्छन । पार्टीका तमाम विकृतिलाई स्वीकार र सलाम गरेपछि पार्टी पार्टी रहँदैन । नेकाको पार्टी विधानमा नीति भन्दा नेतृत्व हावी र प्रभावी भएको देखिन्छ । विधानको प्रस्तावनामा पार्टीको नीतिगत कुरा एक थोपो पनि पाइन्न । त्यहाँ त वीपी कोइरालादेखि हालका देउवासम्मका सबै पार्टी प्रमुखहरुको स्तुति प्रशंसा र आरती उतारेको देखिन्छ ।गिरीले लोकतन्त्रको पाठ एमा
लेसित पढ्नु पर्छ । लोकप्रिय सरकार कसरी चलाउनु पर्छ त्यो पनि एमालेबाट नै सिक्नुपर्छ । एमालेको विगत नौ महिने अल्पमतको सरकार र निकट विगतको ओलीको लोकप्रिय सरकाबाट सरकार कसरी सञ्चालन गर्नु पर्दोरहेछ भनेर राम्ररी अध्ययन गरे हुन्छ । तथापि कम्युनिष्टहरु र अझ एमाले नेकाको नीति सिद्धान्तप्रति कुनै दुराग्रह नराखी तथ्यपरक आलोचना गर्दछ तर पाँडे गाली कहिल्यै गर्दैन । गिरीमा चाहिँ एमाले ओली र जबज चाहिँ केही नै होइन र वाइयात हो भन्ने दुस्साहस कसरी पलायो ? २२ शदीमा पनि यस एमाले जस्तो लोकतान्त्रिक पार्टीप्रति अत्यन्त निषेधात्मक खालको विचार राख्ने गिरी मौका परे कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सम्मको षडयन्त्रमा लाग्दैनन भन्न सकिन्छ ? आफूलाई लोकतान्त्रवादी भन्ने गिरीलाई उपर्युक्त अत्यन्त अलोकतान्त्रिक विचार व्यक्त गर्न सुहाउने कुरा हो ?नेका पार्टीले ओली जत्तिको नेता पाएको भए अत्यन्त सम्मानपूर्वक पार्टीमा विराजमान गराउने थिए र त्यसमा गौरव बोध गर्ने थिए । आफूले बोलेको आफैँ नबुझ्ने र बोल्दा पनि ऊ गरेर ऊ गर्यो भन्ने र बोल्दा ठसठस कन्ने नेतालाई नेका पार्टीले देवत्वकरण गर्नु पर्ने टिठ लाग्दो अवस्थामा रहेको छ ।
दक्षिण एशियामा नै ओली जत्तिको नेता आजका दिनमा कोही पनि छैन तर आफूलाई कम्युनिष्ट भन्नेहरु नै अतिसामान्य वर्ग चरित्र विपरीत एमाले, जबज, मदन भण्डारी र ओलीलाई शत्रु झैँ कटाक्ष गर्छन । व्यक्ति र पार्टीका मित्रहरुले खराबीको आलोचना गर्छन र तिनलाई सच्याउने भरमग्दुर प्रयत्न गर्छन तर गिरीहरु नेका पार्टीका गम्भीर कमजोरीलाई लुकाएर पार्टी समाप्त पार्ने दाउमा देखिन्छन । अक्सर सत्य नबोल्नेहरु नै असत्यका पक्षपोषक हुन्छन् । विदेशी दातृ संस्थाहरु माटोका भाउमा बेच्ने नेका नेता महान ? गिरिजा कोइरालाको सरकारका पालामा जनताले एक थोपो पनि राहत, सेवा र सहुलियत नपाएको अवस्थामा ओली सरकारका यतिका उपलब्धि प्रत्यक्ष देखेर गिरी आत्तिएको स्पष्ट हुन्छ ।
के गिरिजा, देउवा वा भट्टराईले प्रधानमन्त्री हुँदा तुइनबाट ज्यान जोखिममा पारेर ओहोर दोहोर गर्ने दुरदराजका जनताको पीडा देखेका थिएनन ? जनताको दुःख देख्ने र समाधान गर्ने जनताको सरकारले मात्र यस्ता दुःख दर्द देख्ने हो र ओली सरकाले देखेको हो यस्ता समस्या ।
बहुदलीय प्रणालीमा नेका एउटा मात्र एमालेसित सबै हिसावले जुध्न, भिडन, प्रतिस्पर्धा गर्न लायक र सुहाउने सबल पार्टी बनोस भन्ने एमाले चाहन्छ । तत्कालीन कृषि मन्त्री झलनाथ खनाल बहिर्गमन गरेपछि नेका नेतृ शैलजा आचार्यले कृषि मन्त्रलायको जिम्मेवारी सम्हाल्दा कम्युनिष्ट बसेको कुर्सी भनेर कुर्सीमाथि आक्रोश पोखेको जस्तै कम्युनिष्टप्रति अत्यन्त असहिष्णु हुने समय हो र गिरीजी । यतिका वर्षको राजनीतिक सहकार्यबाट गिरीले सिकेको गति र मति यही हो त ? गिरीको वार्ता आफैँमा परस्पर विवादित रहेको देखिन्छ । गिरीले भनेझैँ क्रूरतम रुपमा जन हत्या हिंंसाबाट गिरिजाले प्रचण्डलाई सुधारेको भनेकामा उनै प्रचण्ड बोल्लान तर एमाले वा जननेता मदन भण्डारीलाई गिरिजाले लोकतान्त्रिक धारमा ल्याएको उडुवा कुरा फेरि पनि गरे भने त्यसको जवाफ गिरीले थाम्नै र थेग्नै नसक्ने गरी यस लेखकबाट पाउने छन यो चेतावनी र चुनौति दुबै हो । सच्चा एमालेहरु पार्टीका नाममा भए भरका र्याल सिँगान, र सोत्तरलाई हरहर बास्ना भन्दै सिरमा शिरोपर गर्दै हिड्दैनन् ।
इतिहास, दर्शन, ज्ञान, विज्ञान र राजनीतिक विषयका देश विदेशका तमाम पात्र, प्रवृत्ति, घटना र परघटनाहरु कण्ठाग्र भन्नु मात्र बौद्धिक र वैचारिक हुनु होइन । ती घटाना, पात्र र प्रवृत्तिबाट के सिकियो भन्ने र त्यसअनुसार परिचालित हुनुचाहिँ बौद्धिकता हो । वेद बुझेर र नबुझी पढ्ने दुई थरि हुन्छन । गोपी कृष्ण कहु त जसले पनि भन्न सक्छ । खूव पढेका भनी देश र विदेशमा पनि नाम कहलिएका प्रदीप गिरीको बौद्धिकता प्रतिनिधि सभाको बहसका क्रममा प्रधानमन्त्री ओलीको एक जवाफमा कायल र घायल भएको त गिरीकै मुखारविन्दबाट सुनियो । आजको सन्दर्भमा गठबन्धन ठीक भन्दै जनादेशविपरीत परामादेशमार्फत बनेको टिके, कन्फर्टेवल अर्थात भारतीय शाषक अनुकूलको सरकार बनेकामा गिरी असाध्य खुसी देखिन्थे । यस्ता खुसी र हाँसो समय क्रममा रुन्चे हाँसोमा बदलिन्छन । देश त मानवको जुनी र जिन्दगी भन्दा निक्कै लामो र दीर्घतम आयुको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्