जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १२:१३

पूर्वमन्त्री बाँस्कोटाको ट्विट : पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा कती पानीमा मदानी घुमाई रहने


काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा कती पानीमा मदानी घुमाई रहने भन्नुभएको छ ।विघटित कार्यदलका नेताहरुले केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि असफल भएपछी बाँस्कोटाको ट्विट आएको हो । माधव नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने हिजो बताउनु भएको थियो ।आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति स्वीकार्य नहुने समेत बताउनु भएको थियो । त्यसैले एमाले एकता प्रक्रिया झनै पेचिलो बनेको छ त्यसैले नेपालसँगको वार्ता अर्थहिन बताउदै त्यसलाई पानीबाट घ्यु निकाल्ने असफल प्रयत्न बताउनु भएको हो ।

बाँस्कोटाको ट्विट
यता पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाई रहने उता सुप्रिमोकै अनुरोधमा देउवाले काजी कमरेडलाई दुईवर्ष देखिको मन्त्री बन्ने मुर्क्षीत सपना पुरा गर्न सक्दिन भन्देछन।हैट गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न ..