काठमाडौं, साउन १८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेस सभाका चार सांसद्लाई पदमुक्त गर्ने सर्वाेच्चको फैसला स्वभाविक र संबिधानसम्मत भएको टिप्पणी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकपछि पत्रकारको जिज्ञासामा ज्ञवालीले यस्तो बताउनु भएको हो ।
‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा हो, दलको आदेश मान्नुपर्छ,’ ज्ञवालीले भन्नुभयो । अदालतको आजको आदेशले कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दिएको आदेश गलत भएको पुष्टि गरेको ज्ञवालीले बताउनु भयो । ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वाेच्चको परमादेश गलत छ भन्ने कुरा पनि आजको फैसलाबाट कही न कही पुष्टि भएको छ, आजको आदेशले देउवालाई प्रधानमन्त्री बनाउन संविधानको धारा ७६ (५) को गलत व्याख्या गलत गरेको पुष्टि भएको छ,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
लको ह्वीपविपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रदेशसभाका चार सदस्यलाई सांसद्बाट निष्काशन गर्ने एमालेको निर्णय सर्वाेच्च अदालतले आज सदर गरेको हो । सर्वाेच्चको आदेशसँगै प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सांसदबाट पदमुक्त हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्