जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १४:२३

प्रधानमन्त्रीज्यू, तपाईलाई त्यो छुट छैन : योगेश भट्टराई


काठमाडौं, साउन १९ । एमाले सचिव योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताउनु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता भट्टराईले असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र ‘खोप–खोप–खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको धारणा पनि राख्नुभयो ।

‘६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले मात्रै पूर्णखोप र १४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन । १६ हजार खोप केन्द्रमध्ये ३ हजार खोप केन्द्रमा मात्रै खोप लगाइएको छ,’ भट्टराईले भन्नुभयो, ‘असोजभित्र सबै नागरिकलाई खोप लगाउने मन्त्रीको घोषणा पुरा हुने अवस्था छैन ।’

उहाँले प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा समयको छुछ नभएको पनि प्रष्ट बताउनु भयो । ‘प्रधानमन्त्रीज्यू, कोरोना नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन । शंकाको सुविधा छैन,’ भट्टराईले भन्नुभयो ।