काठमाडौं, १९ साउन । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार भन्दा केहि फरक नपर्ने बताउनुभएको छ । नेतृ चौधरीले भुमि समस्या सम्बन्धि समाधान आयोगको खारेजिले लाखौ लाख भुमिहिन सुकुमबासीहरुलाई लात हानेको बताउनुभएको छ । उहाँले परमादेशबाट बनेको सरकारले भुमिहिन सुकुमबासी समस्या समाधान के गर्थ्यो भन्दै व्यंग्य समेत गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भुमि समस्या सम्बन्धि समाधान आयोग खारेज गरेपछि उहाँले यस्तो बताउनुभएको हो । नेतृ चौधरीले सामाजिक संजालमा लेख्नुभएको छ , “जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार भन्दा केहि फरक नपर्ला , भुमि समस्या सम्बन्धि समाधान आयोगको खारेजिले लाखौ लाख भुमिहिन सुकुम्बासीहरुलाइ लात हानेको छ , परमादेशबाट बनेको सरकारले भुमिहिन सुकुमबासी समस्या समाधान के गर्थ्यो,”















प्रतिक्रिया दिनुहोस्