जनता टाइम्स

२० श्रावण २०७८, बुधबार ११:५१

माधव समुहको केन्द्रीय कमिटी बैठक रोकियो


काठमाडौं, साउन २० । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक रोकिएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बिहीबारका लागि सोही समयमा सारिएको हो।

केही केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको सो समुहले जनाएको छ । नेता नेपालले सरकारमा सहभागिता, नयाँ पार्टी निर्माणलगायतका विषयमा छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाउनु भएको हो ।