जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १४:३७

एउटै घटनाले परालखुट्टे सरकारको हैसियत देखियो – राष्ट्रियसभा सदस्य भट्टराई


काठमाडौं, साउन २० । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एउटै घटनाले सरकारको कमजोर धरातल उदाङ्गिएको बताउनुभयो । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी काटिदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको दाबी गनुभयो । जयसिंह धामी एसएसबीले डोरी काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । देखि–जान्नेले यहीँ भनेका छन्,”उनले भने,“सरकार किन खुट्टा कमाउँदै छ ? भारतीय पक्षसँग वार्ता गर्नु पर्दैन ? भारतीय राजदूतलाई बोलाएर सोध्नु पर्दैन ?” उहाँले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताउनुभयो। “एउटै घटनाले परमादेश सरकारको परालखुट्टा देखिएको छ,” भट्टराईले भन्नुभयो । ।