जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १५:०३

‘१७ लाख जनतालाई खुला आाकसमुनी राख्ने प्रतिगामी काममा माओवादीले कसरी ल्याप्चे लायो ?’


काठमाडौं, साउन २० । एमाले नेता एवं पूर्वमन्त्री गोकुल वाँस्कोटाले कांग्रेस विगतदेखि नै गरिब र सुकुम्बासीको दुष्मन भए पनि भूमि आयोग खारेज गर्ने निर्णयमा ओवादीले कसरी ल्याप्चे लायो भन्दै कडा प्रश्न गर्नुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले समाजिक सञ्जालमार्फत यस्तो प्रश्न गर्नुभएको हो ।

‘परमादेश सरकारद्वारा गरिएको भूमी आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन। यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो।अचम्मित यस्मा छु कि आफुलाई सर्वहारा वर्गको महान प्रतिनीधि भन्ने माओवादीले झण्डै १७ लाख भूमीहीन जनतालाई खुल्ला आकाशमुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो ?’ बाँस्कोटाले भन्नुभएको छ ।