जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १७:४०

कुलमान घिसिङलाई उर्जामन्त्री बनाउन प्रस्ताव, तयार होलान त प्रचण्ड ? (भिडियोसहित)


काठमाडौं, साउन २० । नेपाल बिद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बनाउन माग भएको छ । लोडसेडिङ अन्त्य गर्न प्राधिकरण भन्दा मन्त्रालयकै नेतृत्व जरुरी भएको भन्दै पूर्व प्रबन्ध निर्देशक मुकेश काफलेले घिसिङलाई उर्जामन्त्री बनाउन प्रस्ताव गर्नुभएको हो ।

‘बिधि र पद्धतीअनुसार बिद्युत प्राधिकरणमा प्रमुख नियुक्त गर्ने कुनै आधार छैन, अहिले चार बर्षका लागि हितेन्द्रदेव शाक्य प्रमुख हुनुहुन्छ, उहाँलाई हटाउन सक्ने कानून छैन, कानुनी आधारबिना बिद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न सकिदैन,’ काफ्लेले भन्नुभयो, ‘कुलमान घिसिङले प्राधिकरणमा राम्रो काम गर्नुभयो, आफ्नो कार्यकाल पूरा गरेर जानुभयो, अव उहाँलाई नै उर्जामन्त्री बनाउनु पर्छ ।’

काफ्लले जनताको ध्यान अन्यत्र मोडेर आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा मन्त्री र माओवादी नेतृत्व लागेको आरोपसमेत लगाउनु भयो । कुलमान उर्जामन्त्रीका लागि योग्य हुनुहुन्छ, उहाँलाई नै मन्त्री बनाउनु पर्छ, एक टेलिभिजनसँगको अन्तर्वार्तामा बिद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक काफ्लेले भन्नुभयो । उहाँले यो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसाल तयार हुनुहुन्छ ? भन्ने प्रश्न पनि गर्नुभयो ।