जनता टाइम्स

२० श्रावण २०७८, बुधबार २१:५०

नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति, पार्टीको नामबाट बोलाइएको बैठक अनधिकृत


काठमाडौं, साउन २० । नेकपा (एमाले)ले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ। कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ। ‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’ आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन्।