जनता टाइम्स

१ असार २०७६, आईतवार १६:५८

प्रदेश ५ सरकारले ल्यायो साढे ३६ अर्वको बजेट, ५१ प्रतिशत पुँजीगत तर्फ (पूर्णपाठसहित)


काठमाडौं,

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३६ अर्व ४१ करोड ६८ लाख बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्रालय समेत सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिँदै बजेट ल्याउनुभएको छ ।

कुल बजेटको चालु खर्च तर्फ १३ अर्व ४५ करोड छुट्याइएको छ जुन ३६.९४ प्रतिशत हो । त्यस्तै पुँजीगत तर्फ १८ अर्व ५७ करोड विनियोजन गरिएको छ जुन ५१.०१ प्रतिशत हो ।

वित्तिय हस्तान्तरण तर्फ ससर्त अनुदान १ अर्व ३८ करोड, वित्तिय समानिकरण अनुदान ५० करोड, समपुरक अनुदान १ अर्व ५० करोड रहेको छ । यसमा विशेष अनुदान एक अर्व गरि कुल वित्तिय खर्च ४ अर्व ३८ करोड हुने अनुमान गरिएको छ । जुन १२.०५ प्रतिशत हो ।

प्रदेश सरकारले अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व ६९ करोड रहेको छ भने राजस्व बाडफाड मार्फत ९ अर्व ९१ करोड आउने अनुमान गरिएको छ । त्यस्तै रोयल्टी बाडफडबाट ३० करोड स्रोत उल्लेख गरिएको छ भने समानिकरण अनुदानबाट ७ अर्व ५४ करोड र सर्सत अनुदान ७ अर्व ५० करोड स्रोत व्यव्स्थापन हुने अनुमान गरिएको छ ।

कृषी, भुमी व्यवस्था तथा सहकारीको क्षेत्रको लागि ४ अर्व ७ करोड विनियोजन गरिएको छ ।

पर्यटनक्षेत्रको नेपालगञ्ज र बुटवललाई पर्यटन हबको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।
औद्योगिक तथा वाणिज्य क्षेत्रको लागि २३ करोड विनियोजन गरिएको छ ।
प्रदेश विश्वविद्यालयको बजेट विनियोजन गरिएको छ । प्रत्येक स्थानिय तहमा एक नमुना सामुदायीक विद्यालयको लागि बजेट विदियोजन गरिएको छ । समग्र शिक्षा क्षेत्रको समग्र बजेट ७५ करोड विनियोजन गरिएको छ ।

जनता आवास कार्यक्रमलाई विशेष महत्त दिइएको छ ।