जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १६:३७

भीम आचार्यको घोषणा : देउवा सरकारमा सहभागी हुने उल्लु काम हामीबाट हुन्न


काठमाडौं, साउन २१ । एमाले सचिव भीम आचार्यले पार्टी प्रमुख प्रतिपक्षमा रहेको बेला आफ्नो समुह सरकारमा जाने कुरा कल्पना भन्दा बाहिरको बिषय रहेका बताउनु भएको छ । माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक जारी रहेको बेला सञ्चारकर्मीसँग कुरा गर्दै सचिव आचार्यले यस्तो बताउनु भएको हो ।

‘पार्टी चाहिँ प्रतिपक्षमा बस्ने अनि हामी सत्तामा जाने जस्तो उल्लु काम हामी गर्दैनौं, आचार्यले भन्नुभयो, ‘राजनीतिक र संवैधानिक रूपमा पनि यस्तो बेठीक काम कम्तीमा हामीबाट हुने छैन ।’ उहाँले आफूहरूका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको कुरा गलत भएको बताउनुभयो । ‘मन्त्रिपरिषद विस्तार हाम्रो पक्षका कारण रोकिएको होइन, प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण हो । देउवाकै कारण सरकार विस्तार नभएको हो,’ सचिव आचार्यले भन्नुभयो ।