जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १८:११

कांग्रेस प्रवक्ताले दिए सरकारको निर्णयबारे जानकारी, कक्षा १२ को परीक्षा रोकिने


काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगन हुने बताउनु भएको छ । आगामी साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा कोरोनाको जोखिमका कारण स्थगित गर्न लागिएको जानकारी कांग्रेस प्रवक्ता शर्माले दिनुभएको हो ।

सामाजिक सञ्जालमा परीक्षा स्थगित हुनुपर्ने माग आइरहेको बेला कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जालबाटै परीक्षा स्थगतको निर्णय आउन लागेको जानकारी दिनुभएको छ । ‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ । सरकारका लागि विद्यार्थी जीवनको रक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन,’ शर्माले भन्नुभएको छ ।