जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार ०६:५५

काजी कालु पाँडे समाधिस्थलको उद्घाटन


काठमाडौं, साउन २३ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार काठमाडौँ जिल्ला, चन्द्रागिरी नगरपालिका दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा काजी कालु पाँडे–काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्वरथी पवनबहादुर पाँडे, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतको सहभागिता थियो ।सेनाको एकीकरण मार्ग कार्यक्रमअनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।