जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार ०८:११

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित, कसको मत कति ? (सूचिसहित)


लण्डन, साउन २३ ।गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन्। निर्वाचन कमिटीका अनुसार गाहा मगरले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले दुई हजार १९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले दुई हजार १४८ मत मत प्राप्त गर्नुभएको हो ।

युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउँसो १२ बजे सकिए पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको हो ।त्यसै गरी उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित हुनुभएको छ ।

महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा खुसी लिम्बु र सचिवमा ज्ञानेन्द्रबहादुर आले तथा विष्णु चालिसे निर्वाचित हुनुभएको छ । यसै गरी युवा संयोजकमा तीर्थबहादुर मल्ल (अनिल) तथा महिला संयोजकमा विमल लिम्बु निर्वाचित हुनुभएको छ भने यसैगरी इंगल्याण्ड राज्य परिषद्को अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, त्यस्तै स्कटल्याण्ड राज्य परिषद्को अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित हुनुभएको छ । यसै गरी नर्दन आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बल बहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अन्य पदमा को को विजयी ?

एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् । सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४ , तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।

महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए । कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।