जनता टाइम्स

१ असार २०७६, आईतवार २१:११

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य : हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत


काठमाडौं, असार १

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गर्दै घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अव पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको छ । हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

आज राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।