जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार १८:२२

एमाले सचिव भट्टराईलाई मातृशोक


काठमाडौं, साउन २३ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको आज ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । उहाँलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा आज उहाँको निधन भएको हो ।