जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार ०८:१३

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, यस्तो छ कारण


काठमाडौं, साउन २४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङका अनुसार आज बोलाइएको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
तामाङका अनुसार स्थायी कमिटी बैठकपछि सोमवार दिउसो तीन बजे केन्द्रीय कमिटी बस्ने छ ।

एमाले स्रोतका अनुसार पार्टीको विवाद समाधानका बिषयमा माधव नेपाल पक्ष केही लचिलो भएकोले त्यसमा थप छलफल गर्नका लागि आजको बैठक स्थागित गरिएको हो । विघटित कार्यदलका सदस्यहरुले यस विषयमा हिजो पनि छलफल गरेको र आज पनि छलफल गरेर अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट गराउन अन्तिम कसरत गरिरहेका छन् । दुई नेताबीच सहमति कायम गराउन पहल भइरहेकोले आजको बैठक स्थगित गरिएको हो ।