जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार ०८:२१

पोशाकलाई लिएर मन्त्री भुषालको तीब्र आलोचना


काठमाडौँ, साउन २४ ।  नेपाली कांग्रेस नेतृत्वको सरकारकी उर्जा जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसालले मनाङ जिल्ला भ्रमणका क्रममा लगाएको पोशाकलाई लिएर आलोचना भएको छ ।शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग मन्त्री भुसालले मनाङको बाढीपहिरो गएको स्थानको स्थलगत भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री भुसालले खैरो रंगको टिपिक्क टाँसिएको पाइन्ट, पहेँलो ज्याकेट, सेतो टिसर्ट, कालो स्पोर्ट जुत्ता लगाउनुभएको छ। मन्त्री जस्तो व्यक्तिले आफ्नो पोशाक कस्तो लगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने थियो । तर, उहाले ध्यान नदिएर जे मन लाग्यो त्यही कपडा लगाउनुभएको छ । मन्त्री भुसाललाई सर्ट र पाइन्ट मन पर्छ भने लगाउँदा हुन्छ । पोशाक लगाउँदा मन्त्री पदको गरिमा पनि कायम हुने गरेर लगाउन सामाजिक सञ्जालमा सुझाव दिइएको छ । माओवादी केन्द्रकी नेतृ भुसाल देशको मन्त्री हो । देशको मन्त्रीले लगाउने पोशाकले देश र जनताको इज्जत बढाउनुपर्छ ।

शपथ ग्रहण कार्यक्रममा पनि मन्त्री भुसालको पोशाकलाई लिएर धेरैले आश्चर्य व्यक्त गरेका छन् । मन्त्रीले कस्तो पोशाक लगाउने र कस्तो संस्कार गर्ने नेपाली कांग्रेससँग सिक्न भुसाललाई सुझाव आएको छ । भ्रमणमा माओवादीका अध्यक्ष दाहाल, मन्त्री भुसाल, प्रतिनिधिसभाका सांसद देव गुरुङ, देव गुरुङकी पत्नी यशोदा सुवेदी, नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्य, उर्जा मन्त्रालयका सह–सचिव कलानिधि पौडेलसहित १७ जनाको जम्बो टोली नेपाली सेनाको हेलिकप्टर चढेर मनाङ पुगेको थियो ।

मनाङमा बाढीपहिरोका कारण १ हजार बढी विस्थापित भएका छन् । ७० घरमा पूर्ण क्षति पुग्नुका साथै २ सय बढी घरमा क्षति पुगेको मनाङ प्रशासनले जनाएको छ । बाढीपहिरोबाट समस्यामा परेकाहरू नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङसहितका नेताहरूले झण्डै ३० लाख बराबरको खाद्यान्न र अन्य राहतका सामग्री वितरण गरिसकेको छ । कांग्रेसले राहत वितरण गरिसकेपछि माओवादीका अध्यक्ष दाहाल र मन्त्री भुसाल जम्बोटोली लिएर रित्तोहात मनाङ पुगेको हो ।