काठमाडौं, साउन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको छानबिन गर्ने नै भए लडाकुको शिविरबाटै सुरु गर्न सुझाव दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएकाओलीले सरकारको साझा न्यूनतम कार्यक्रम विपक्षी विरुद्ध झुटको पुलिन्दा भएको टिप्पणी गर्दै उक्त कुरा बताउनुभएको हो ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जालगायतका विषयमा छानबिन गर्नुपर्ने बताउनुभएको छ । बैठकको सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘भ्रष्टाचारीलाई कारबाही गर्ने रे ’ सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जाको छानबिन हुन्छ ? , वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड कहिले भएको थियो ? संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ?’













प्रतिक्रिया दिनुहोस्