जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार २२:०६

नाङ्लोका संस्थापक कक्षपतिको थाइल्याण्डमा निधन


काठमाडौं, २५ साउन । नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ।

नेपालमा फास्टफूड चेन रेष्टुराँ शुरूवात गर्ने व्यवसायी कक्षपति केही वर्षयता प्रतिकूल स्वास्थ्य अवस्थासँग संघर्षरत रहँदै आएका थिए। थाइल्याण्डमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत थिए। उनले नाङ्लो रेष्टुराँ सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्ने गर्दै आएको छ।

काठमाडौं उपत्यकामा फास्टफूड चेनको शुरुवात नाङ्लो रेष्टुराँमार्फत् गरेका थिए। कुरिनटारमा रिभरसाइड स्प्रीङ रिसोर्ट लगायत पर्यटन व्यवसायमा पनि उनको लगानी छ । उनले होटल संघ नेपाललाई पनि नेतृत्व प्रदान गरेका थिए। कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन्।

कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन्।