जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार ०७:४०

बालुवाटारमा भूमिगत गिरोहको उल्कापात, सचिवालय विस्तार रोकियो


काठमाडौं, साउन २६ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् ।

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सक्नुभएको छैन । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने चाहानामा पत्नी आरजु बाधक बन्नुभएको छ । उहाँ भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा हुनुृहुन्न । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको दृष्टि साप्ताहिकमा समाचार छ ।

यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने‘’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन् । यसको चौतर्फी विरोध भएको छ । सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो ? भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाउनुभएको छैन ।