काठमाडौं, असोज २६ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसीर २ र ३ गते काठमाडौंमा हुने भएको छ ।
एमाले सचिव तथा संगठन बिभाग प्रमुख भानुभक्त ढकालले सोमवार यस्तो जानकारी दिनुभएको हो ।
यही असोज ५ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले मंसीर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको थियो । सोहीअनुसार मंसीर २–३ मा काठमाडौंमा आयोजना गर्ने निर्णय भएको सचिव ढकालले जानकारी दिनुभयो ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलामा पालिकाका अध्यक्ष, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश र केन्द्रीय कमिटीका सदस्यहरू सहभागी हुने गरी कार्यसूची बनाइसकेको छ । यसैगरी स्थानीय तहका प्रमुख उपप्रमुख र सांसदहरू पनि सहभागी हुने मापदण्ड रहेको छ ।













प्रतिक्रिया दिनुहोस्