काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राख्नुभएको छ। पछिल्लो मत परिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गर्नुभएको छ।
दोस्रो स्थानमा रहनुभएका अजयबाबु सिवाकोटीले ६५३ मत प्राप्त गर्नुभएको छ। कांग्रेसको संशोधित विधानअनुसार खुलातर्फ सहमहामन्त्रीका दुई जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ।
पछिल्लो मत परिणामअनुसार डिल्लीराज सुवेदी ५०० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने देवेन्द्रराज कँडेलले ३९५ मत प्राप्त गर्दै चौथो स्थान कायम गर्नुभएको छ। त्यस्तै, विकास कोइराला ३३० मतसहित पाँचौँ स्थानमा रहनुभएको छ।
अन्य उम्मेदवारमध्ये राजीव ढुङ्गानाले २९३ मत, अमृतकुमार अर्यालले २०४ मत र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गर्नुभएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।













प्रतिक्रिया दिनुहोस्