काठमाडौं, असोज २६। नेकपा (एमाले)का मनोनीत १३ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनुहुनेछ।
गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।
मनोनीत हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहनुभएको छ।
आजको शपथग्रहणसँगै उहाँहरूले औपचारिक रूपमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुहुनेछ।













प्रतिक्रिया दिनुहोस्