काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्ने हुनुभएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र जानुभएका प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आज सरकारको समग्र बिषयमा आफ्नो धारणा राख्ने एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो ।
देउवा सरकार गठनदेखि सरकारको न्यूनतम साझा कार्यक्रमसम्ममा उहाँले एमालेको धारणा राख्नुहुनेछ, प्रमुख सचेतक भट्टराईले जनताटाइम्ससँग भन्नुभयो । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको प्रमुख सचेतक भट्टराईले बताउनु भयो ।
संसद बैठक आज दिउसो १ बजे बस्दैछ । यो संसदमा बिपक्षी दलको नेताको हैसियतमा ओलीको पहिलो संबोधन हो ।













प्रतिक्रिया दिनुहोस्