काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । आज सो रिट आठौं नम्बरमा राखिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ । अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले विशेष अधिवेशन अघि नै राजीनामा दिने तयारी गरे पनि आज बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको फैसलाअनुसार अघि बढ्ने निर्णय गरेको छ । सोही अनुसार एमालेले अदालतको फैसलापछि चाल्ने कदमबारे निर्णयको अधिकार पनि पोखरेललाई नै दिएको छ ।













प्रतिक्रिया दिनुहोस्