जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १६:०७

तपाई माफियासँग मिल्नु भएको त होइन ? भन्दै स्वास्थ्य राज्यमन्त्रीलाई महेश बस्नेतले सोधेका ५ प्रश्न


काठमाडौं, साउन २८ । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्नको झटारो हानेका छन्।
विहीबार भएको बैठकका क्रममा उनले ५ प्रश्न राख्दै स्वास्थ्य क्षेका विद्यार्थीका समस्यादेखि भक्तपुर क्यान्सर अस्पतालसम्मका विषय उठाएका थिए।
स्नेतले राज्यमन्त्री श्रेष्ठलाई सोधेका प्रश्न यस्ता छन्–

१।विद्यार्थीहरुको परिक्षा स्वास्थ्य मापदण्ड पुरा नगरी किन लिँईदैछ ? बैकल्पिक उपायहरु अबिलम्बन गर्न किन सकिएन ?

२।खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती ? यसलाई सहजिकरण गर्ने योजना के छ ?

३।मेयर, कांग्रेस उप–सभापतिको घरमा, होटेलमा खोप देखियो, धनकुटा नेपाली कांग्रसको लेटर प्याडमा तपाँई मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ यो बारेमा तापाँईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?

४।११ हजार विद्यार्थी एमबीबीएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ, बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य छन्, ९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बधन रद्ध गर्ने भन्दै हुनुहुन्छ, तपाँई स्वास्थ्य माफियासँग मिल्नु भएको त होइनरु यसमा तपाँको योजना के छ ?

५।भक्तपुरका क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्रलगायतका लागि ४ अर्ब बजेट छुट्टीएको छ, यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रक्रिया अगाडि बढाईयोस् ।