जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १७:११

योगेशलाई घरमै पुगेर भारतीय राजदूतले दिए समवेदना


काठमाडौं, साउन २८ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई निवासमै पुगी भारतीय राजदूत विनयमोहन क्वात्राले भेट्नुभएको छ । मातृशोकले काजक्रियामा रहेका भट्टराईलाई निवासमै पुगेर समवेदना व्यक्त गर्नुभएको हो । आज राजदूत क्वात्राले भट्टराई र परिवारलाई भेटी उहाँकी माता महेन्द्रादेवी भट्टराईको निधनप्रति समवेदना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा २३ साउनमा निधन भएको हो ।