रुपन्देही, साउन २९ । पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने ठोकुवा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु बढीमा आगामी बैशाखसम्म मात्र रहेको ठोकुवा गर्नुभएको हो ।
गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री त्रिपाठी कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको खुलासा गर्नुभयो । पूर्वमन्त्री त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको बताउनु भयो । सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले नै पुष्टि गरेको उहाँको भनाइ छ ।
त्रिपाठीले संघदेखि प्रदेशसम्मको सरकार परिवर्तन र अस्थिरताले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको धारणा पनि राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्