काठमाडौं, साउन २९ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव सभामुखको कार्वाहीमा पर्नुभएको छ । अन्टसन्ट बोलेर सधै चर्चामा आउन रुचाउनु हुने पूर्वमन्त्री यादवले बिहीवार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा संसदमा दिनुभएको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै एमाले सांसदले आपत्ति जनाएपछि यादव सभामुख अग्नि सापकोटाले कार्वाही गर्नुभएको हो ।
यादवमाथि कार्वाही स्वरुप सभामुख सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा यादवले एमाले अध्यक्ष ओलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ । एमाले सांसदहरुले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुख सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।
प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुनासाथ एमाले सांसदहरु आ–आफ्नो ठाउँमा उठेर यादवको आपत्तिजनक अभिब्यक्तिबारे बिरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभयो । प्रमुख सचेतक भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्वप्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो । भट्टराईको मागलगत्तै सभामुखले यादवको अभिब्यक्ति संसदीय मर्यादाबिपरित रहेको भन्दै हटाउन रुलिङ गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्