काठमाडौं, साउन २९ । नेकपा (एमाले) सांसद नविना लामाले यो परमादेशको सरकारले गरिवलाई खोप दिने गरी काम नगरेको बताउनुभयो । आज प्रतिनिधिसभाको शून्य समयमा बौल्दै लामाले परमादेशको सरकारले गरिवको लागि खोप लगाउन भन्दा धनिमानिको हितमा मात्रै काम गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले कोभिड–१९ को महामारी विरुद्धको खोप अभियानमा यो सरकार धनिमानिको हितमा मात्रै काम गरेको छ । कोभिडविरुद्ध हाम्रो मित्र राष्ट्रबाट आएको खोप गरिवले लगाउन नपाउने भएको छ ।’ उहाँले खोप लगाउने नियमका कारण धेरै अशिक्षित वर्ग र गरिवहरुले यस कोभिडविरुद्धको खोप लगाउन नपाएको बताउनुभयो ।
‘खोप लगाउन आउनेलाई अनलाईन दर्ता अनिवार्य छ, यसका लागि इन्टरनेट, कम्प्युटर, स्मार्ट फोन, अंग्रेजी भाषा जान्न अनिवार्य हुन्छ, के इन्टरनेट, कम्प्युटर वा स्मार्ट फोन नहुने र अंग्रेजी भाषा नजान्नेले यो खोप लगाउन नपाउने हो ? यहि हो समाजवादी क्रान्तिकारीता ?’ उहाँले प्रश्न गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्